‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक

‘मायावी’को दोस्रो गीत ‘टल टल टल्कियो’ सार्वजनिक

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको १४ गतेबाट प्रदर्शन आउने सिनेमा ‘मायावी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमाको पहिलो गीत र पोस्टर सार्वजनिक गरेको केही दिनमै ‘टल टल टल्कियो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको हो ।

सोमबार सार्वजनिक गरिएको यो गीतको भिडियोमा अभिनेता पल शाह, अभिनेत्री दीपिका प्रसाइ, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरु प्रस्तुत छन् । सार्वजनिक गीतको भिडियोमा दीपिकाको अर्कैसँग इंगेजमेन्ट भएपछि पल शाहले यो गीत गाएको देखिन्छ । गीतको भिडियो निकै रमाइलो बनेको छ ।

एसडी योगी र रेश्मा पुनको स्वर रहेको यो गीतमा एसडी योगीकै संगीत, राम अविरलको शब्द, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । क्रियटिम सिने आर्ट्स र नेम महर्जनको लगानी रहेको सिनेमामा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्त निर्माताको रुपमा छन् । राजु पराजुली र सुमित वली सिनेमामा स-निर्माताको रुपमा छन् ।

सिनेमामा पल र दीपिकासँगै सुशिल सिटौला, करिश्मा श्रेष्ठ र डेव्यु कलाकार समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसार्इं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमाको कार्यकारी निर्माता प्रविन भट्टराई र करण सिंह हुन् । सिनेमामा मिलन श्रेष्ठको सम्पादन, बसन्त अधिकारीको सह–निर्देशन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी छ ।