बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरेर हजारौंको भीडमा ‘बलिदान’को छायांकन

बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरेर हजारौंको भीडमा ‘बलिदान’को छायांकन

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेन निर्देशित सिनेमा ‘बलिदान’को छायांकन अन्तिम चरणमा पुगेको छ । मोरङको हसिना सिमसार क्षेत्रमा ‘बलिदान’को छायांकन भइरहेको छ । ठूलो क्यानभास देखाएर स्टोरी र कथालाई विश्वस्नीय बनाउन उनले सक्दो प्रयास गरिरहेका छन् । यसका लागि सन्तोषले तीन वटा सेट बनाएर सिनेमा खिचे । तीन वटा सेटमा मात्रै उनले तीन करोड रुपैयाँ खर्च गरे ।

४२ फिट अग्लो काली देवीको प्रतिमा भारत सम्म पहुँच पुराएका नेपालीले कालीगड़ले सिनेमाका लागि मूर्ती बनाए । सिनेमाको दृश्यलाई भव्य र कन्भिन्सिङ देखाउनकै लागि उनले ४२ फिट अग्लो काली देवीको मूर्ति ल्याएर खिचिएको थियो । मोरङको सिमसार क्षेत्रस्थित बूढासुब्बा खेल मैदानमा माघ १ मा बलिदान सांस्कृतिक महामहोत्सव आयोजना गरिएको थियो । उक्त महोत्सवको आयोजना गरेर सिनेमाको सिन खिचिएको हो । उक्त महोत्सवमा हजारौँको उपस्थिति रहेको थियो ।

कालीदेवीको मूर्तिको उद्घाटन गरिएको थियो । उक्त महोत्सवमा सहभागी हुन ‘बलिदान’का अभिनेता समीर भट्टले पनि आम पब्लिकमा अपिल गरेका थिए । निर्माणपक्षले उक्त मेलामा सिनेमा छायांकन गरेको हो । सिनेमाको क्यानभास ठूलो देखाउन सन्तोषले साम, दाम, दण्ड, भेद सबै अपनाएका छन् । सिनेमा छायांकनको अन्तिम चरणमा पुगेको निर्देशक सेनले बताएका छन् ।

उनले ‘बलिदान’ नेपाली सिनेमा उद्योगकै सम्झनायोग्य र ऐतिहासिक एक्सन सिनेमा बन्ने उनले भन्दै  आएका छन् । समीर भट्ट ‘बलिदान’को हिरो हुन् । उनी यो सिनेमाको मुख्य भूमिकामा छन् । समीरको डेब्यु मुभी ‘१२ गाउँ’ सुपरहिट भएको थियो । ‘बलिदान’ले नेपाली सिनेमा उद्योगमा ऐतिहासिक हुने सन्तोषले बताएका छन् । केही समयअगाडि ‘बलिदान’को सेटमा समीरका बुवा विराज भट्ट पनि पुगेका थिए ।

करिब ९ करोड बजेट रहने सिनेमा ‘बलिदान’मा समीर भट्टसँगै सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहने निर्माणपक्षले जनाएको छ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह-निर्माता प्रेम पुरी छन् । सिनेमालाई राम्रो बनाउन कुनै कम्प्रमाइज नगर्ने सन्तोषका हरेक सिनेमा निर्माण घोषणादेखि नै प्रतिक्षित बन्छन् ।

‘बलिदान’मा समीर मुख्य भूमिकामा जोडिएसँगै यो सिनेमा झनै प्रतिक्षित बनेको छ । ‘१२ गाउँ’ समीरकै कारण ठूलो हाइप बनाएर २६ करोडभन्दा बढी कलेक्सन गरेका कारण र सन्तोषको मेघा प्रोजेक्ट भएकाले ‘बलिदान’ ब्यग्र प्रतिक्षित बनेको छ । सिनेमा ‘बलिदान’ले रिलिज डेक लक गरेको छैन । छायांकन सकेर पोस्टको काम सुरु भएपछि रिलिज मिति अनाउन्स गर्ने सन्तोषले बताएका छन् ।