शुक्रबारबाट प्रदर्शनमा आए ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’

शुक्रबारबाट प्रदर्शनमा आए ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । माघ ४ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ प्रदर्शनमा आएका छन् । दुवै सिनेमाले प्रचार प्रसारबाट दर्शकमाझ ठुलो हाइप निर्माण गर्ने नसकेकाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शोबाट आफ्नो प्रदर्शनको सुरुवात गरेका हुन् ।

हरर कडी जनरामा निर्माण भएको ‘फिरफिरे फिरिरी’लाई नवीन भट्टले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय रहेको छ । मनोज कुमार अधिकारीले निर्माण गरेको सिनेमाको कथा निर्देशक भट्ट र अभिनेता सन्दीप श्रेष्ठले लेखेका हुन् ।

आजैबाट प्रदर्शनमा आएको अर्को सिनेमा ‘एक्टर’लाई पुराना सफल निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । मनोहरी थापाले निर्माण गरेको सिनेमाको कथा र संगीत सम्राट थापाले तयार गरेका हुन् । सिनेमामा कृष्ण मल्ल, सरोज खनाल, प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, शिभु शाह, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय रहेको छ ।