‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक

‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक

द सिनेमा टाइम्स
217
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतमा सिनेमाका सबैजसो मुख्य कलाकार फिचर्ड छन् । सार्वजनिक गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर छ । गीतमा अलमोडासँगै सन्तोष राणाले -याप भोकल दिएका छन् ।

‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ – यो गीत रचनाले कलेज जीवनका उतारचढावलाई संगीतको माध्यमबाट उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबीचको सम्बन्धलाई मजबुत रूपमा प्रस्तुत गरिएको छ । यो गीतले दर्शकलाई आफ्नै कलेज जीवन सम्झन बाध्य बनाउँछ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको सार्वजनिक गीतको भिडियोमा पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई विशेष स्थान दिइएको छ । ‘होस्टेल ३’ नेपालको चर्चित अनि सफल शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण हो ।

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । सिनेमामा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल सह–निर्माता र कोसिसराज क्षेत्री लाइन प्रोड्युसरको रुपमा छन् ।

अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदिप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको सिनेमाका प्रोडक्सन डिजाइनर यम प्रसाद ओली हुन् ।

नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारी रहेको सिनेमा नेपाल वितरक काफिया फिल्मस् र आरआर फिल्मस् हुन् ।