‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ११ गतेबाट रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको शुक्रबार सार्वजनिक १ मिनेट ५६ सेकेण्डको ट्रेलर सिनेमाका शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ ।

पहाडी मूलकी सृष्टिलाई मधेसी मूलका नाजिरले कोठामा बन्धक बनाएर राखेपछिको अवस्थाबाट सुरु हुने ट्रेलरमा नाजिर र सृष्टिको नृत्यसँगै पहिचानको विषयलाई जोड दिइएको छ । नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझैपनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । ट्रेलरमा मिथिला संस्कृतिलाई पनि स्थान दिइएको छ ।

सिनेमामा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णको अभिनय रहेको सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल पार्टनर रहेको सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।