हिमाल न्यौपानेको निर्देशनमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

हिमाल न्यौपानेको निर्देशनमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा

द सिनेमा टाइम्स
343
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको निर्देशनमा सिनेमा ‘जनै हराएको बाहुन’ निर्माण घोषणा गरिएको छ । नयाँ कथा र आकर्षक नाममा सिनेमा निर्माण गर्न तयारी भएको निर्देशक न्यौपाने जानकारी दिए । यो उनको डेव्यु निर्देशकिय सिनेमा समेत हो । यसअघि उनले केही वृत्तचित्र तथा लघु सिनेमा निर्माण भएका थिए ।

पेपरक्लिप प्रालिको व्यानरमा निर्माण हुने सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई देखाइनेछ । निर्माण कम्पनीका सञ्चालक मध्यका एक बिमल न्यौपाने यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजाने दाबी गर्छन् ।

लामो समयदेखि नेपाली सिनेमा क्षेत्रमा सक्रिय निर्देशक हिमाल न्यौपानेले यो सिनेमा आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताउँछन् । सिनेमाका कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनमा जानकारी दिने बताइएको छ । यस वर्षको अन्त्यसम्म छायांकन सुरु गर्ने तयारी रहेको सिनेमा वर्ष २०८२ सालभित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।