सौरभ चौधरी निर्देशित ‘कर्मा’ चैत्र २९ गते रिलिज हुने

सौरभ चौधरी निर्देशित ‘कर्मा’ चैत्र २९ गते रिलिज हुने

द सिनेमा टाइम्स
406
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘कर्मा’को यतिवेला ३८ औं दिनमा छायांकरत छ । दाङ आसपासका विभिन्न ठाउँमा छायांकन भैरहेको सिनेमाको अबको १० दिनमा सम्पुर्ण सुटिङ सकिने जानकारी निर्माण टिमले दिएको छ ।

‘कर्मा’ चैत्र २९ गते रिलिज हुने सिनेमाको ३८ दिनको छायांकनमा करिब ३० दिनको छायांकनको एक चरणको सम्पादन पनि सकिएको जानकारी छायांकन सेटबाट दिए । छायांकन भैसकेका छायांकनको भिएफएक्सको काम अहिले भारतको मुम्बईमा भैरहेको छ । केही दिन यता ‘कर्मा’ आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज नहुने जस्ता भ्रम पुर्ण खबरहरु फैलिरहेकोमा निर्देशक चौधरीको गुनासो थियो ।

हामीले दिन रात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेको समयमा गलत हल्ला फैलिदा चित्त दुख्छ । पूर्व घोषित मितिमा सिनेमा रिलिज गर्न समस्या नै छैन् । छायांकनसँगै सम्पादनको काम पनि रफ्तारले चलिरहेको छ । फागुनको मध्यबाट सिनेमाको प्रचार प्रसार सुरु गर्ने तयारी छ । कोही पनि गलत खबरबाट मिसलिडिङ नहुन भन्ने आफुहरुको चाहाना रहेको निर्देशक चौधरीले बताए ।

सिनेमामा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेव लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमामा विपिन र उपासना जोडीको रूपमा देखिने छन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा छन् । उनीहरु तीन जनाले पहिलो पटक एउटै सिनेमाका लागि सहकार्य गरेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । यो सिनेमामा विपीन कार्कीलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।