सुशिलले आफ्नो शरीरमा आगो लगाएर खिचे ‘आउटल’को एक्सन दृश्य

सुशिलले आफ्नो शरीरमा आगो लगाएर खिचे ‘आउटल’को एक्सन दृश्य

द सिनेमा टाइम्स
651
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको एक्सन अवतारका कारण चर्चा र प्रतिक्षामा रहेको सिनेमा ‘आउटलः दफा २१९’ फागुनको २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमामा सुशिलले नेपाली सिनेमामा अहिलेसम्म प्रयोग नभएको एक्सन गरेको दाबी निर्माणपक्षको छ ।

केही हप्ता अगाडि मात्र सिनेमाको निर्माण टिमले ४० लाख खर्च गरेर एउटा एक्सनको दृश्य छायांकन गरेको छ । यो एक्सन दृश्यका लागि सुशिल आफ्नो शरीरमा आगो लगाएर खिचेका छन् । यो दृश्यका लागि सुशिलको शरीरमा आगो लगाइएको थियो र उनले एक्सन गरेका थिए । यो दृश्य दर्शकका लागि विशेष हुने निर्माणपक्षको भनाई छ ।

यसले, पनि यो सिनेमाका लागि सुशिलको मिहिनेत कती छ भन्ने प्रष्ट हुन्छ । निर्माणपक्षका अनुसार, सिनेमामा करिब ५० मिनेट एक्सन छ । जसलाई हलिउड र कोरियन स्टाइलमा कोरियोग्राफी गरिएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो सिनेमामा विक्की महर्जनको लेखन तथा निर्देशन गरेका हुन् । अमित अग्रहरिको लगानी रहेको यो सिनेमाबाट विक्कीले निर्देशनमा डेव्यु गरेका हुन् ।

सिनेमामा सुशिलसँगै शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । चुल्ठे काजीको एक्सन रहेको यो सिनेमामा साहिल खानको सम्पादन तथा नविन गुरुङको डीओपी छ । विनोद कठायत कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।