द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘माइतीघर’मा अभिनेता धिरज मगर अनुबन्धित भएका छन् । सिनेमाको मुख्य भूमिकामा धिरजको प्रवेशसँगै कलाकारको लाइनअप पुरा भएको हो ।
रोहित अधिकारीको लगानी रहने सिनेमाका लागि धिरजसँग कागजी संझौता भएको छ । योसँगै सिनेमामा तीन स्टार कलाकारहरुले काम गर्ने पक्का भएको छ । सिनेमामा कलाकार केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । सिनेमामा अभिनेत्री उपासना सिंह ठकुरी र डेव्यु-अभिनेत्री दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् । सिनेमामा वुद्दि तामाङको पनि अभिनय रहनेछ ।
यो सिनेमाको छायांकन केही महिनामा सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । सिनेमालाई आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । दशैंमा एउटा शोज पाएपनि सिनेमा रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले बताए । यो सिनेमामा रविन शेरचन र धिरज तामाङको लगानी रहनेछ ।
चन्द्रकुमार दोङको कथा लेखन रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद छ । सिनेमाको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।


प्रतिक्रिया