द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर, भीम बिसीको शब्द, संगीत, उदयराज पौडेलको एरेन्ज तथा श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।
आगामी फागुन २ गतेबाट रिलिज हुने सिनेमाको भिडियोमा मुख्ख कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । गीतले बाबु र छोरीको मायालाई चित्रण गरेको छ । गीतमा शिशिर खातीको कोरियोग्राफी छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको गीत रचना, प्रिज्मा श्रेष्ठको मेकअप र बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।


प्रतिक्रिया