द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २ गते भ्यालेनटाइन डेको अवसरमा रिलिज हुने सिनेमा ‘दुःखी आत्मा’को नयाँ गीत ‘जुनी जुनीलाई’को छायांकन गरिएको छ । केही दिन अगाडी भक्तपुर दरबार स्क्वायर परिसरमा यो सिनेमाको एक रोमान्टिक गीतको छायांकन गरिएको हो ।
टिजर र ब्रेकअप कविताका कारण चर्चामा रहेको सिनेमाको यो गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई फिचरिङ गरिएको छ । केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । यो सिनेमालाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।
केतन क्षेत्रीको संगीत, इश्वर कार्कीको शब्द तथा कम्पोज रहेको यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । सिनेमाको टिजर सार्वजनिक भएसँगै ‘ सिन्धुलीको जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपुर गरिएको देख्न सकिन्छ ।
आलोक शुक्लाको छायांकन रहेको यो सिनेमालाई हिमाल कडरियाले निर्माण गरेका हुन् । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन छ । सामाजिक संजाल टिकटकमा यो सिनेमाको ‘ब्रेकअप कविता’ भाइरल भइरहेको छ । क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको सिनेमामा अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।




प्रतिक्रिया