द सिनेमा टाइम्स, काठमाडौं । दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मायावी’को तेस्रो गीत ‘सितारा जडेको’ सार्वजनिक गरिएको छ । दीक्षित पौडेल र समीरा थपलियाको स्वर, शम्भुजित बास्कोटाको संगीत तथा दयाराम पाण्डे र दीवाकर भट्टराईको शब्द रचना सिनेमाको सार्वजनिक गीतमा छ । गीतले माइतीघरबाट अन्मिएर पराइघर जान लागेकी युवतीको विदाइलाई भावुकताका साथ वर्णन गरिएको छ ।
विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाई, डेव्यु अभिनेता समीम खान, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ चित्रित छन् । दीपिकाको समीमसँग विवाह भइरहँदा पल भावुक देखिएका छन् । दीपिका पनि पललाई हेर्दै भावुक बनेको देख्न सकिन्छ । यसले उनीहरुको प्रेम वियोग दर्शाउँछ ।
क्रिएटिभ सिने आर्ट्सको व्यानरमा निर्माण भएको आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा लक्ष्मी गिरी, राजाराम पौडेल, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाई, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय छ । ‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।
प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको सिनेमामा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह-निर्माताको रुपमा छन् । सिनेमामा शम्भुजित बाँस्कोटार एसडी योगीको संगीत, शाहिल खानको ट्रेलर, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।


प्रतिक्रिया