द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते रिलिज हुने सिनेमा ‘होस्टेल ३’को केही दिन अघि सार्वजनिक गरिएको गीत ‘टिक टिक टिक’ दर्शकले रुचाएका छ । रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको यो गीतलाई विभिन्न सोसल मिडिया प्लेटफर्महरूमा राम्रो भ्युज तथा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अहिलेसम्म यो गीतको युट्युब भ्यूज करिब १० लाख छ ।
हाल नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १० मा रहेको यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरू कतारमा नवौं, युएईमा पच्चीसौं र कुवेतमा एक्काइसौं स्थानमा रहेको छ । यो गीतमा दसौँ हजारको संख्यामा टिकटक र रिल्स बनेका छन् । विशेषतः गीतको मुखडा ‘टिक टिक टिक, जाने समयसँग सिक साथी, ठिक ठिक ठिक, एक दिन हुन्छ सबै ठिक’ टिकटक र रिल्समा चर्चित छ ।
सिनेमाका सबै मुख्य कलाकारको आकर्षक नृत्य रहेको गीतमा पारस बम (कुलब्वाई), रिहान गिरि, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुली फिचर्ड छन् । यो गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । यसमा सन्तोष राणाले र्याप भोकल दिएका छन् । गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।
‘होस्टेल ३’ नेपालको चर्चित शृंखला ‘होस्टेल’को तेस्रो संस्करणलाई सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । सिनेमामा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ । सिनेमामा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो । सिनेमाको निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह–निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनीश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन् ।
अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदिप कुँवरको मुख्य सहायक निर्देशन, यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन सिनेमामा रहेको छ ।
यो सिनेमा फागुन २३ गते नै नेपाल बाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक काफिया फिल्मस् र आरआर फिल्मस् हुन् ।


प्रतिक्रिया