धिरज र मिरुनासँग ‘कुस्ती’ खेल्दै ‘स्प्लिट्सभिल्ला’की दिकिला शेर्पा

धिरज र मिरुनासँग ‘कुस्ती’ खेल्दै ‘स्प्लिट्सभिल्ला’की दिकिला शेर्पा

द सिनेमा टाइम्स
462
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अनिल योञ्जनको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कुस्ती’मा कलाकारको लाइनअप रोचक बन्ने देखिएको छ । सिनेमाको मुख्य भूमिकामा यसअघि नै धीरज मगर र मिरुना मगर अनुबन्धित भइसकेका छन् ।

यसैबीच, भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाको पनि सिनेमामा प्रवेश भएको छ । यही हप्ता सिनेमा सम्झौता गरेर उनले कार्यशाला पनि ज्वाइन गरिसकेकी छन् । सिनेमामा दिकिलाको भूमिका महत्वपूर्ण हुने निर्देशक योञ्जनले बताए ।

‘हामीलाई एउटा फ्रेस अनुहार चाहिएको थियो । दिकिलालाई भूमिका सुहाउँदो भएपछि अफर र्गयौं । उहाँलाई पनि चरित्र मनर्पयो र सम्झौता गरेर अहिले वर्कसपमा हुनुहुन्छ’, उनले भने । सिनेमाको पात्रका लागि दिकिलाको स्क्रिन टेस्ट गरेपछि उनलाई छनोट गरिएको निर्देशक योञ्जनले बताए ।

दिकिला पनि सिनेमालाई लिएर उत्साहित देखिएकी छन् । ‘यो मेरो पहिलो सिनेमा भएकाले पनि उत्साहित छु । सुहाउँदो चरित्र, सिनियर कलाकार, भद्र र सालिन टिमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो । चरित्रलाई न्याय गर्न म सक्दो मिहिनेत गर्नेछु’, उनी भन्छिन् । यसअघि सिनेमा ‘माइतीघर’ पनि सम्झौता गरिसकेकी छन् । तर, सुरुमा उनले ‘कुस्ती’ गर्नेछिन् ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा निर्माण हुने सिनेमामा बुद्धि तामाङको निर्माण रहने छ । बुद्धिले पहिलोपटक सिनेमा निर्माण गर्न लागेका हुन् । फागुन पहिलो साताबाट छायांकन सुरु हुने सिनेमाले एकअर्कालाई अगाध माया गर्ने तथा अलग स्वभावका कारण एकसाथ बस्न पनि नसक्ने एउटा जोडीको प्रेमकथा भन्ने छ । सिनेमा अर्को वर्ष अर्थात् २०८२ को भदौमा रिलिज हुने जनाइएको छ ।