द सिनेमा टाइम्स, काठमाडौं । भोलि शुक्रबारबाट रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । प्रिमियर पछि सिनेमा हेर्ने अधिकांश सिनेमाकर्मीले सिनेमाको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निश्चल बस्नेत, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, छविराज ओझालगायत पुगेका थिए ।
अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका सिनेमाभन्दा फरक रहेको बताइन् । उनले आफूले इन्जोय गरेको खुलाइन् । अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको सिनेमा भएकाले राम्रो लागेको बताए ।
निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको सिनेमा हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा सिनेमाको माध्यमबाट भनेको जनाए । अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको सिनेमा हेर्न पाएको बताइन् । अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको सिनेमा भनी प्रतिक्रिया दिइन् । अशोक शर्माले सिनेमामा दर्शकले नयाँ स्वाद पाउने बताए । अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको सिनेमा हेर्न एकदमै मनपर्ने बताइन् ।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमा ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । सिनेमामा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ । सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।
सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।





प्रतिक्रिया