द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसरमा फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । शुक्रबार सार्वजसनिक पोस्टरले सिनेमाका नयाँ क्यारेक्टरलाई प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ ।
सिनेमाको पोस्टरमा मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ । विशेषगरी पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)लाई फरक गेटअप देखाइएको छ । नेताको भूमिकामा रहेका कट्टेललाई दौरा-सुरुवाल र ज्वारीकोटमा प्रस्तुत छन् । उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो । सिनेमामा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेका छन् ।
सिनेमाको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन् । यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।



प्रतिक्रिया