रामजी ज्ञवालीको डकुड्रामा ‘मौन’को फर्स्टलुक पोस्टर सार्वजनिक

रामजी ज्ञवालीको डकुड्रामा ‘मौन’को फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । डकुड्रामा ‘मौन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको रिसर्चमा आधारित सिनेमालाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पु¥याउने तयारी गरिएको निर्माता तथा निर्देशक ज्ञवालीले बताए ।

गत शनिबार सार्वजनिक पोस्टरमा सिनेमाकी मुख्य पात्र प्रार्थना पाठकलाई फिचर्ड गरिएको छ । चर्चित कलाकारहरू सरोज खनाल र हिउँवाला गौतम लगायतलाई भने लुकाइएको छ । पोस्टरसँगै सिनेमाको मुख्य टिमका सदस्यहरू पनि सार्वजनिक गरिएका छन् ।

सिनेमाका निर्देशक तथा निर्माता रामजी ज्ञवालीले ‘मौन’ कुनै व्यावसायिक प्रोजेक्ट हो, न त हलमा दर्शक तान्न अनावश्यक भ्रम छर्ने योजना रहेको बताएका छन् । यो एउटा वास्तविक जीवनसँग जोडिएको कथा भएकाले समाजलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । सिनेमाको कथा निर्देशक रामशरण पाठकले लेखेका हुन् ।

डकुड्रामा सिनेमा ‘मौन’मा सिनेमाटोग्राफी शंकल्प भुजेल, सहायक निर्देशन वसन्त अधिकारी तथा पोस्टर फोटोसुट कुवेर डंगोल र पोस्टर डिजाइन टौवा स्टुडियोमा भएको हो । यसमा बरिष्ठ कलाकार सरोज खनाल, हिउँवाला गौतम, नव कलाकारहरु प्रार्थना पाठक, ओजस्वी विक्रम विस्ट, दिवस नाथ लगायतको अभिनय रहेको छ ।

सिनेमाका सहायक निर्माता हरी क्षेत्री (भुपेन्द्र) हुन् । सिनेमाको प्राविधिक पक्षमा भरत कँडेलले साउण्ड डिजाइनिङ, राजेन्द्र मोक्तानले कलर ग्रेडिङ र नहकुल खड्काले सम्पादनको जिम्मेवारी सम्हालिरहेका छन् । यो डकुड्रामालाई नेपालका विभिन्न स्कुल, कलेज तथा संघसंस्थामा विशेष शोमार्फत प्रदर्शन गरिने छ ।