द सिनेमा टाइम्स, काठमाडौं । विभिन्न आरोह अवरोह पन्छ्याउँदै माघ १८ गते आज शुक्रबारबाट सिनेमा ‘एक्टरः टेक वान’ प्रदर्शनमा आएको छ । बिहीबार ‘एक्टर’ र ‘एक्टरः टेक वान’ निर्माताबीच सहमति गर्दै आज अदालतमा दर्ता भएको मुद्धा फिर्ता लिन तयार भएसँगै आज शुक्रबारबाट सिनेमा प्रदर्शनमा आएको हो ।
अन्यौलताका बीच प्रदर्शनमा आएको भएर होला सिनेमामा दर्शकको राम्रो चाप देखिएको छैन् । सिनेमालाई सिंगल स्क्रिनदेखि मल्टीप्लेक्स हलले राम्रो शो उपलब्ध गाराएका छन् । एक्कासी प्रदर्शनमा आएकाले धेरै दर्शकलाई सिनेमा रिलिज भएका थाहा नभएकाले भोली शनिबारबाट हलमा दर्शकको चाप देखिने निर्माता मोती कार्की बताउँछन् ।
राजन भुसालको निर्देशनमा निर्माण भएको सिनेमामा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, सुशील सिटौला, दिव्य देव, उषा रजक, सिर्जना अधिकारी, बादल भट्ट, प्रदीप के. चौधरी, सिर्जना अधिकारी निश्चल बस्नेत लगायतको अभिनय छ । यही सिनेमाबाट राजबल्लभले १० वर्षपछि कमब्याक गरेका हुन् भने दिव्याको यो डेब्यु सिनेमा हो ।
अधृत फिल्मस् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
सिनेमामा रोमन ब्रजचार्यको ब्याकग्राउन्ड म्यूजिक, उत्तम न्यौपानेको साउन्ड डिजाइन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत तथा शिशिर खाती र किरण थापाको कोरियोग्राफी छ । सिनेमालाई नेपालमा डिसिएन र एप्पल इन्टरटेनमेन्टले वितरण गरेका हुन् ।


प्रतिक्रिया