उत्कृष्ट प्रतिक्रिया संगै दर्शकबाट ‘एक्टर: टेक टु’को माग

उत्कृष्ट प्रतिक्रिया संगै दर्शकबाट ‘एक्टर: टेक टु’को माग

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘एक्टर: टेक वन’ले राम्रो प्रतिक्रिया  प्राप्त गरिरहेको छ । शुक्रवार साँझदेखि गति लिएको यो सिनेमाले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ । शनिवार देशभर करिब ३00 भन्दा धेरै  स्क्रिनहरूमा सिनेमा प्रदर्शन भएको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ ।

यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी सिनेमा हलहरूमा दर्शक भेट्न पुगिरहेका छन् । हलमा पुग्दा दर्शकले  तारिफ गर्दै प्रेम दर्साइरहेका छन् । शनिवार दिउसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टर: टेक टु’को माग गरे ।

सिनेमाको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’को नारा लगाएका थिए । दर्शकबाट ‘टेक टु’को माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे ।

सिनेमा हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन् । प्रदिप खड्काको अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु  अभिनयको तारिफ भएको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई रुचाइएको छ भने निर्देशकको व्यापक तारिफ भइरहेको छ ।