विजय र मनिषको स्वरमा ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

विजय र मनिषको स्वरमा ‘जनै हराएको बाहुन’को थिम भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विजय बराल ‘जनै हराएको बाहुन’मा काम गर्ने तयारीमा छन् । सर्वकालिन ब्लकबस्टर सिनेमा पूर्ण बहादुको सारङ्गी’को रिलिज पश्चात पहिलो पटक मुख्य भूमिकामा अभिनय गर्न लागेका विजयको यो सिनेमामा भूमिका कस्तो छ भन्नेबारे जानकारी गराइएको छैन । तर, सोमबार सार्वजनिक थिम संवादले उनी ग्रामीण युवकको भूमिकामा देखिने संकेत गर्छ ।

आफ्नो सपना पूरा गर्न उनी गाउँ छाड्न बाध्य भएको संवाद भिडियोमा सुन्न सकिन्छ । भिडियोमा गाउँका दुई साथीमध्ये एकले गाउँ छाडेर सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद छ । घर छोड्ने बेलामा आमाको अनुहार समेत हेर्न नसकेको कारुणिक संवादले नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने दर्शाउँछ ।

सिनेमाले सपना पूरा गर्न गाउँ छाडेको एक पात्रको कथा भन्ने भिडियोको संवादबाट बुझ्न सकिन्छ । यो भिडियोमा सिनेमाका दुई मुख्य कलाकार विजय बराल र मनिष राउतको स्वर छ । थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले एउटा अफरको समेत घोषणा गरेको छ । थिममा रहेको गीत गाएर टिकटकमा पोस्ट गर्नेमध्ये उत्कृष्ट स्वर हुनेलाई सिनेमाको गीत गाउन अवसर दिइने जनाइएको छ । गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।

पेपरक्लिपले निर्माण गर्न लागेको सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । हिमाल न्यौपानको डेब्यु निर्देशनमा निर्माण हुने सिनेमाको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । नवीन गुरुङको छायांकन रहने सिनेमाको छायांकन आगामी चैत अन्तिमबाट सुरु हुने जनाइएको छ ।