आर्यन र अञ्जना फिचर्ड ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

आर्यन र अञ्जना फिचर्ड ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र १५ गते रिलिज हुने सिनेमा ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको गीतमा राजनराजको नै शब्द रचना र संगीत छ । सिनेमाको सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अञ्जना बराइली फिचर्ड छन् ।

राजन ईशानको संगीत संयोजन रहेको गीतमा सुनी थापाको पनि स्वर सुन्न सकिन्छ । गीतको छायांकन सौरभ लामा र कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । संगीतकार राजनराजले नेपाली समाजमा प्रचलित ठेट शब्दहरूलाई गीतको लयमा बनेका छन् । जसले गीतलाई नेपाली मौलिकताको झल्को दिएको छ ।

यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले सिनेमा थ्रिलर तथा हरर श्रेणीको हुनसक्ने संकेत दिइएको थियो । तर, सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यसअघि आर्यन र अञ्जनाले सुपरहिट सिनेमा ‘पुजार सार्की’मा अभिनय गरेका थिए ।

‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । सिनेमामा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सिनेमाका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । सिनेमाको स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो हुन् ।