युट्युबको ट्रेन्डिङमा दयाहाङ र आँचलको ‘दुखी आत्मा’ ट्रेलर

युट्युबको ट्रेन्डिङमा दयाहाङ र आँचलको ‘दुखी आत्मा’ ट्रेलर

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको सिनेमा ‘दुखी आत्मा’को ट्रेलर सार्वजनिक भएको ३ घन्टामै युट्युबको ट्रेन्डिङमा उक्लेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो सिनेमाको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

हाल यो सिनेमाको ट्रेलर युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो सिनेमाको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् । यो सामाचार तयार पार्दासम्म सिनेमाको ट्रेलरलाई करिब १ लाख ८३ हजार बढि भ्युज तथा ८ हजार ५ सय लाइक र ६ सय बढि प्रतिक्रिया बटुलेको छ ।

सिनेमाको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा रहेको दाबी निर्माण टिमको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा दयाहाङ र आँचलसँगै अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाले यौन दुर्बलताको कथा भन्छ ।

यो सिनेमामा दर्शकले अभिनेता दयाहाङ राइको फरक भूमिका रहेकाले पनि हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् । दर्शकको उत्साहजनक प्रतिक्रिया पाएपछि यसको निर्माणपक्ष पनि उत्साहित देखिएको छ । आगामी फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिज हुने सिनेमामा आलोक शुक्लाको छयांकन तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।