द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फागुन २ गतेबाट रिलिज हुने सिनेमा ‘रंगी’को शीर्ष गीत मंगलबार रिलिज भएको छ । सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द तथा संगीत र रोमन बज्राचार्यको एरेन्ज छ ।
गीतको भिडियोमा सिनेमाका कलाकारहरु सलोन बस्नेत र मलिका महत फिचर्ड छन् । भ्यालेन्टाइन लक्षित गीत रोमान्टिक फ्लेभरको छ । चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरुबीच अंकुराएको प्रेमलाई गीतमा देखाइएको छ । संगीत, शब्द र स्वरको सुन्दर मिश्रण रहेको गीतमा कोरियोग्राफी अब्बल छ ।
सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्य गीतमा हेर्न सकिन्छ । निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो । सलोनकी श्रीमति को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको सिनेमामा नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।


प्रतिक्रिया