मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ निर्माण घोषणा

मिलन चाम्सको निर्देशनमा ‘सुम्निमा’ निर्माण घोषणा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुने सिनेमाको टाइटल घोषणा गरिएको छ । लभस्टोरी जनरामा निर्माणको तयारीमा रहेको सिनेमाको नाम ‘सुम्निमा’ राखिएको छ । केही दिन अगाडी नै सिनेमाको नाम घोषणा गर्ने तयारी रहेपनि प्राविधिक समस्याको कारण ढिला भएको निर्देशक चाम्सले बताए ।

गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा यो सिनेमा निर्माण हुनेछ । नाम सुन्दा नारीको कथा लाग्ने भएपनि सिनेमा विशुद्ध प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताएका छन् । यसअघि चाम्सले ‘वीर विक्रम, लिली बिलि, ब्लाइण्ड रक्स, बबी, वीर विक्रम २, गोर्खा वारियर’ जस्ता सिनेमाहरूको निर्माण तथा निर्देशन गरिसकेका छन् ।

राजीव थापाको लेखन रहने सिनेमाको छायांकन आगामी अगस्टमा लन्डन र नेपालमा गरिने छ । सिनेमाको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले जानकारी दिएका छन् । मिलन चाम्सद्वारा निर्देशित सिनेमा ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमा अहिले विदेशका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ ।