द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री मनिषा कोईरालाले सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न चाहेर पनि नपाएको बताइन् । ‘दुई पटक पूर्णबहादुरको सारङ्गी हेर्ने समय मिलाएँ तर हाउसफूलको करण टिकट पाइन’ उनले भनिन् ।
नेपाली सिनेमा यसरी चलेको प्रति आश्चर्य मान्दै ह्वाइट हाउस लिट्रेचर फेस्टिबलको ‘आर्ट बिवोन्ड बौडरिज’मा उनले नेपाली सिनेमाको बजार ठूलो हुँदै गरेको सन्दर्भ जोडिन्, ‘नेपाली सिनेमा अन्तराष्ट्रिय बजारमा पुगि सक्यो । नेपालमा सिनेमाको बजार ठूलो बनेको एउटा उदाहारण ‘पूर्णबहादुरको सारङ्गी’ हो ।’
अभिनेत्री मनिषाले बलिउड कलाकारले कडा मेहनत गरेको कारण स्थापित हुन पुगेको बताइन् । उनले भनिन्, ‘बलिउड कलाकारले जस्तै मेहनत यहाँ भएको छ । यही मेहनतले निरन्तरा पायो भने नेपाली सिनेमाको बजार फराकिलो हुनेछ ।’
कुनै पनि सफलता पाउन निरन्तरता र कडा मेहनत गर्नु पर्ने बताईन्, ‘मेरो सिकाई कस्तो छ भने, कि गर्ने हो कि मर्ने हो भन्ने हुन्थ्यो ।’ कला यात्रामा लाग्नुको कारण पारिवारिक पृष्ठभूमि राजनीतिक मात्रै नभएर परिवार कला प्रति झुकाव पनि रहेको बताइन् ।
उनका अनुसार बाल्यकालमा पारिवारिक पृष्ठभूमि राजनीतिक भएपनि म सामान्य हुर्किन् र उनले साहित्यिक कार्यक्रममा बोल्न मन लाग्नुको कारण पनि खुलाईन्, ‘नयाँ पुस्ताका विद्यार्थी माझ पुग्दा म आफूलाई अझै धेरै काम गर्ने उर्जा आउँछ, उनले भनिन्, ‘कथाहरु सुन्ने र सुनाउने थलो भएकाले म यस्ता कार्यक्रममा पुग्छु।’
कुराकानीको क्रममा उनले क्यान्सरलाई जित्न मनोबल बलियो हुनु पर्ने बताइन् । ‘क्यान्सरलाई जित्नका लागि मनोबल बलियो हुनु पर्छ,’ उनले भनिन्, ‘आफैबाट बाँच्ने प्रयास गर्नु पर्छ।’


प्रतिक्रिया