‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश

‘जनै हराएको बाहुन’मा गौरव र रियरको प्रवेश

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘जनै हराएको बाहुन’मा अभिनेताद्धय गौरव पहारी र रियर राईको प्रवेश भएको छ । सिनेमाको मुख्य भूमिकामा यसअघि नै सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बराल अनुबन्धित भइसकेका छन् ।

पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाको एसोसियट निर्देशन मनिष राउत हुन् । सिनेमामा उनले अभिनय समेत गर्नेछन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखिनेछ ।

सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । सिनेमामा नवीन गुरुङको छायांकन, सम्राट महर्जन ‘ज्याक’ क्रियटिभ निर्देशक, भिएफक्स सुपरभाइजर मयंक निरौला रहेका छन् । यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको सिनेमा २०८२ सालमा दर्शकमाझ आउने छ ।