दशैंको फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ रिलिज घोषणा

दशैंको फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ रिलिज घोषणा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अहिले काभ्रेको पनौतीमा धमाधम छायांकन भैरहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार अभिनेता हरिवंश आचार्यले छायांकन सेटबाट एक तस्वीर सार्वजनिक गर्दै आगामी वर्षको दशैंको फुलपातीमा यो सिनेमा रिलि जगर्ने पक्का भएको जानकारी दिएका हुन् ।

सिनेमाको कथा लेखक समेत रहेको अभिनेता आचार्यले फेसबुकमा लेखेका छन्, ‘हरिबहादुर पनि जुत्ता फुकालेर यस्पालीको दशैंमा (फुलपाती) टिका लगाउन आउने भो (सिनेमा हरिबहादुरको जुत्ता) । यो मितिमा अहिलेसम्मको अवस्था हेर्दा आठवटा सिनेमा आगामी फूलपातीमा रिलिज हुने देखिएको छ ।

‘दशमी’, ‘परालको आगो’, ‘माइतीघर’ र ‘महाराजधिराज’ गरी चार फिल्मले आधिकारिक रुपमा फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन् । फूलपातीमै विराज भट्टको ‘१२ गाउँ २’, अशोक शर्माको ‘डबल ट्रिपल’ र अर्को एक सिनेमा पनि प्रदर्शनमा आउने सम्भावना रहेको छ ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमामा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, मुरलीधरको शीर्ष भूमिका हुनेछ । सिनेमामा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहने छन् । छायांकन सकिएपछि सिनेमाको प्रदर्शन मिति घोषणा गरिने निर्माता ओलीले जानकारी दिए ।

यसअघि थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका हरिवंश र सरोजले पहिलोपटक सिनेमामा सहकार्य गर्न लागेका हुन् । निर्देशक खनालसँग पनि हरिवंशको पहिलो सहकार्य हो । सामाजिक र हास्यकथावस्तुमा निर्माण हुन लागेको सिनेमा हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ ।