दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई पिजी सर्टिफिकेट

दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र जाँचपास समितीले फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने सिनेमा ‘दुखी आत्मा’ ‘पिजी’ सर्टिफिकेट दिएको छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको सिनेमाको टिजर र ट्रेलर सार्वजनिक भएपछि सेन्सरले के गर्छ, दृश्य काँटछाँट गर्छ कि गर्दैन भन्ने धेरैलाई कौतुहलता थियो । तर, आज मात्र सिनेमाको सेन्सर पास भएको हो ।

निर्देशक दीपेन्द्र लामाका अनुसार, सिनेमाको कुनै पनि दृश्यमा सेन्सर काँटछाँट गरेन । तर, सेन्सरका सदस्यहरुबाट सिनेमाको कथावस्तु र प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिएको निर्माणपक्षले बताएको छ । अब, यो फिल्म हेर्नका लागि १६ बर्ष मूनिका बालबालिकाले बाबु-आमाको साथ लिनुपर्नेछ ।

निर्देशक लामाले भने-‘हाम्रो सिनेमाको कथावस्तु नयाँ छ । बजारमा विभिन्न अड्कलबाजी गरिएतापनि यो फ्यामिली सिनेमा हो । यसैले, हरेक वर्गका दर्शकले ढुक्कसँग सिनेमा हेर्न सक्नुहुनेछ ।’ दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ ।

हिमाल कडरिया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता सुदिप ढकाल हुन् । सिनेमामा आलोक शुक्लाको छायांकन छ ।