द सिनेमा टाइम्स, काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा ‘पीआर’को छायांकन सुरु भएको छ । मंगलबारबाट अष्ट्रेलियाको कोग्रामा सिनेमाको शुभमुर्हूतसँगै छायांकन सुरु भएको हो ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको सिनेमाको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए ।
सिनेमामा कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको पनि अभिनय रहनेछ । सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् ।
सिनेमामा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले सिनेमाको ७५ प्रतिशत छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र बाँकी २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।


प्रतिक्रिया