प्रदीप र दिव्या फिचर्ड ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक

प्रदीप र दिव्या फिचर्ड ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक

द सिनेमा टाइम्स
308
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी चैत २९ गते रिलिज हुने सिनेमा ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ ।

तराईको लोकेसनमा भव्य सेट बनाएर छायांकन गरिएको गीतमा सिनेमाका मुख्ख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन् । सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो देखिएको छ । दरबारीया शैलीमा तयार पारिएको सेटका हरेक प्रोपर्टीलाई उत्कृष्ट ढंगले सजाइएको छ ।

सिनेमामा प्रदीप र दिव्यासँगै दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमामा कृषा चौलागाईको निर्देशन छ । सिनेमामा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाई निर्माता रहेको सिनेमामा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाई सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।