ओटीटी प्लेटफर्म सिनेमाघर एपमा ‘दयारानी’ रिलिज

ओटीटी प्लेटफर्म सिनेमाघर एपमा ‘दयारानी’ रिलिज

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको सुपरहिट सिनेमा ‘दयारानी’ ओटीटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ । फागुन २ गते शुक्रबार भ्यालेनटाइन डेको अवसर पारेर सिनेमालाई ओटिटीमा रिलिज गरिएको हो । यो सिनेमा हेर्न दर्शकले दुई सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

माओत्से गुरुङले ‘दयारानी’लाई लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा दयाहाङ राई, दीया पुन, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, नयन गुरुङ, शिर्षा कँुवर र विजय बराल मुख्य भूमिकामा छन् । सिनेमाले एक दम्पतीको बाँझोपनसँगको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । सिनेमाले घरेलु बक्स अफिसमा २ करोड ५० लाख बढिको व्यापार गरेको थियो ।

‘सिनेमाघर एप’मा यसअघि ‘कबड्डी ४’, ‘जारी’, ‘महापुरुष’, ‘छक्का पञ्जा ४’, ‘एक भगवत् गीता’, ‘उपहार’, ‘झिेँगेदाउ’, ‘डिग्री माइला’, ‘घरज्वाइँ’, ‘पशुपति प्रसाद २ स् भष्मे डन’, ‘प्रेमगीत ३’, ‘पानीफोटो’, ‘चिसो मान्छे’ जस्ता सिनेमा रिलिज भइसकेका छन् । चाँडै एपमा यस वर्षको सुपरहिट सिनेमा ‘बोक्सीको घर’ रिलिज हुँदैछ ।

पछिल्लो समय सिनेमाघर एपप्रति दर्शकको आकर्षण बढेको छ । वेब ब्राउजरसहित एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध रहेको ‘सिनेमाघर एप’मा सिनेमा हेर्न चाहने दर्शकले भुक्तानीका लागि संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गर्न सक्नेछन् भने नेपाल र भारतबाट डिजिटल वालेट तथा क्युआर कोडको प्रयोग गर्न सकिन्छ ।