साइन्स फिक्सन ‘एक्लो’बाट सुरज सिंह ठकुरी ‘काल’ लुक्स सार्वजनिक

साइन्स फिक्सन ‘एक्लो’बाट सुरज सिंह ठकुरी ‘काल’ लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
245
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली साइन्स फिक्सनमा सिनेमा ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । आइतबार सिनेमाको निर्माण टिमले सिनेमाका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुरज सिंह ठकुरी डरलाग्दो अवतारमा देखिएका छन् ।

सुरज सिंह ठकुरीको क्यारेक्टर नाम ‘काल’ रहेको पनि पोस्टरमा उल्लेख गरिएको छ । उनलाई धेरै सिनेमामा नदेखिने थोरै सिनेमामा आफ्नो उलेख्य उपस्थिति जनाउने कलाकारको रुपमा लिने गरिन्छ । उनको यो लुक्सले सिनेमा ‘एक्लो’को अझै कौतुहलता थपिएको छ । सिनेमा केही फरक बनेको अनुमान दर्शकले लगाउन सक्नेछन् ।

सिनेमाका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेश्रो निर्देशकीय सिनेमा हो । लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको सिनेमा बनाउने तयारीमा जुटेका छन् । हाल सिनेमाको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ । सिनेमाको सम्पूर्ण काम सकिएपछि मात्र प्रदर्शन मिति फाइनल गर्ने निर्देशक शाहीले बताए ।

यो सिनेमामा कलाकारको लाइनअप बलियो देखिन्छ । सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

सिनेमा ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन तथा कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल रहेका छन् ।