सुस्ताएको सिनेमाको बजारलाई ‘फेरि रेशम फिलिलि’ले लयमा फर्काउने विश्वास

सुस्ताएको सिनेमाको बजारलाई ‘फेरि रेशम फिलिलि’ले लयमा फर्काउने विश्वास

द सिनेमा टाइम्स
294
Shares

द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो ‘फेरि रेशम फिलिली’ । फागुन १४ गतेबाट रिलिज हुने सिनेमाको निर्माणपक्ष अहिले प्रचार प्रसारमा व्यस्त छ । सिनेमाको ट्रेलर भोली मंगलवार सार्वजनिक हुदैछ ।

सिनेमाको पुरानो ब्रान्ड भ्यालु र पपुलर गीतका कारण सिनेमा चल्नेमा निर्माणपक्ष ढुक्क छ । ‘फेरि जालमा…’ गीत दर्शकले मन पराएको र टिजरले दर्शकको मन जितेकाले सिनेमाप्रति दर्शकको भरोसा रहेको निर्माणपक्षले बताएको छ ।

आम नेपाली नागरिकले भोगिरहेको अमेरिका मोहको कथा ‘फेरि रेशम फिलिली’ले उठान गरेको छ । यो विषय अहिलेको नेपाली समुदायमा रिलेट हुने भएकाले दर्शकले मन पराउने ‘फेरि रेशम फिलिली’का अभिनेता विनय श्रेष्ठले बताए ।

सुस्ताएको बजार ‘फेरि रेशम फिलिली’ले उकास्नेमा निर्माणपक्ष ढुक्क छ । ‘तेल भिसा’पछि रिलिज भएका सिनेमाले उत्साहप्रद व्यापार गर्न सकेका छैनन् । त्यसैले त्यसयता सुस्ताएको नेपाली सिनेमाको बजारलाई ‘फेरि रेशम फिलिली’ले पुरानै लयमा फर्काउने धेरैको अपेक्षा छ ।

महाशिवरात्रीकोका दिन पारेर यो सिनेमा रिलिज हुँदैछ । सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।

सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।