‘रंगी’को स्याड भर्सन गीत ‘उडिदेउ’ सार्वजनिक

‘रंगी’को स्याड भर्सन गीत ‘उडिदेउ’ सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘रंगी’को गीत ‘उडिदेउ’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द रचना, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

सिनेमाको सार्वजनिक भिडियोमा सिनेमाका प्रमुख कलाकारहरु सलोन बस्नेत, नम्रता श्रेष्ठ, आयुषी ढकाल र सुमिन गुरुङको अभिनय छ । स्याड भर्सनको गीतमा सलोनले छोरी आयुषीका लागि गरेको संघर्षलाई देखाइएको छ ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सुरेश न्यौपानेको डेब्यू निर्देशन छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम निर्माता रहेको सिनेमामा दिलीप रायमाझी, उत्तम केसी र विशाल पहारीको अभिनय छ । सिनेमामा अभिनेत्री मलिका महतको पनि बिशेष भूमिका रहेको छ ।

सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गरेका हुन् ।