‘द्रौपदी’को ‘कर्णाली कटौला’ गीतमा टिकटक बनाउनेलाई नगद पुरस्कार

‘द्रौपदी’को ‘कर्णाली कटौला’ गीतमा टिकटक बनाउनेलाई नगद पुरस्कार

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । ऋषिराज आचार्य लिखित, निर्मित अनि निर्देशीत सिनेमा ‘द्रौपदी’ले टिकटक भिडियो निर्माण प्रतियोगीता घोषणा गरेको छ । केही हप्ता अघि सार्वजनीक सिनेमाको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला’ गीत अहिले चर्चामा छ ।

आरबि मुभीजले सोही गीतमा टिकटक बनाउने प्रयोगकर्ता मध्ये उत्कृष्ट पाँच लाई निर्माण गर्ने नयाँ सिनेमामा अभिनय गर्ने मौका दिनुका साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५०००, दोश्रो स्थान हासिल गर्नेलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५००० नगद पुरस्कार समेत प्रदान गरिने छ । यी बाहेक १०० जना टिकटकरलाई ‘द्रौपदी’को प्रीमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।

टिकटक बनाएर #द्रौपदी र #चैत ८ लेखि पोस्ट गर्नुपर्ने छ । यसको नतिजा फागुन २० गते द्रौपदी सिनेमाको फेसबुक पेज तथा मिडियामा प्रकाशीत गरिने छ । टिकटक चलाउने सबै उमेरका दर्शकले बनाउन सक्ने बताइएको छ । ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायतका कलाकार मुख्य भूमिकामा रहेको छ ।

मोहनकुमार झिल्लुको छायांकन रहेको सिनेमामा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह-निर्मातामा छन् । सिनेमाको कथा लेखन ऋषिराज स्वयंको हो । सिनेमा पश्चिम नेपालको डोल्पा जिल्लाको से-फोक्सोन्डोलगागतका बिकट स्थानहरुमा छायांकन गरिएको हो । सिनेमाको हालै सार्वजनीक टिजर र गीतले दर्शकको मन जितिरहेको छ ।