युट्युबबाट हट्यो ‘लाज शरणम्’को प्रचार सामाग्री, अदालतको आदेशप्रति सिनेमा संवद्ध संस्थाको ध्यानाकर्षण

युट्युबबाट हट्यो ‘लाज शरणम्’को प्रचार सामाग्री, अदालतको आदेशप्रति सिनेमा संवद्ध संस्थाको ध्यानाकर्षण

द सिनेमा टाइम्स
322
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारे फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘लाज शरणम्’को प्रचार सामाग्री रोक्ने अलालतको आदेशपछि युट्युबबाट सिनेमाको टिजर र गीत हटेको छ । ‘लाज शरणम’को प्रचार प्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएकाले युट्युबबाट सिनेमाको प्रचार सामाग्री हटेको हो ।

उच्च अदालत पाटनले ‘लाज शरणम्’को प्रचार सामाग्री रोक्न आदेश दिएसँगै सिनेमा संवद्ध विभिन्न संघसंस्थाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छन् । चलचित्र निर्देशक समाजले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘लाज शरणम्’को नाममा अदालतबाट जारी भएको आदेशले सिनेमाको करोडौँको लगानी जोखिम र सृजनशील सर्जकलाई नराम्रोसँग झस्काएको बताएको छ ।

यता नेपाल चलचित्र निर्माता संघले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै यस्ता घटनाले नेपाली निर्माता र निर्देशकलाई स्वतन्त्र रूपमा सिर्जना गर्न कठिन भएको जनाएको छ । समाजलाई सही मार्गमा लैजाने सबैभन्दा उत्कृष्ट र प्रभावशाली साधन सिनेमालाई राज्यको एकतहबाट सिनेमाको महत्त्व र गरिमाको ओझलाई बेवास्ता गरी सतही दृष्टिकोणबाट भएको फैसला दुर्भाग्यपूर्ण भएको संघको विज्ञप्तीमा उल्लेख छ ।

यी दुवै संस्थाले ‘लाज शरणम्’ जस्तो कानुनी लडाईमा रहेका सबै सिनेमालाई साथ र सहयोगका लागि सिनेमा सम्बन्धित सबै संघ संस्थालाई गोलबद्ध हुन आग्रह समेत गरेका छन् ।