युके र आयरल्याण्डका २६० बढी हलमा ‘कामा’ रिलिज हुने

युके र आयरल्याण्डका २६० बढी हलमा ‘कामा’ रिलिज हुने

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भीमसेन लामा निर्देशीत ब्रिटिश सिनेमा ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । आगामी मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने सिनेमा सस्पेन्स, एक्शन र थ्रिलरले भरिएको बताइन्छ ।

युकेका बिभिन्न स्थानमा खिचिएको सिनेमामा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । सिनेमाको ट्रेलरले दर्शकको मन जितिरहेको छ । सिनेमामा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिका छ ।

अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल सिनेमा मेकर फेष्टिभलमा सर्वोत्कृष्ट सिनेमा, सर्वोत्कृष्ट स्क्रिप्ट, सर्वोत्कृष्ट अभिनेता र सर्वोत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो । त्यसैगरी, म्याड्रिड इन्टरनेशनल सिनेमा महोत्सव २०२४ मा सर्वोत्कृष्ट अभिनेता, सिनेमाटोग्राफर र सह-अभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ ।

लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता, निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ सिनेमा निर्माण गरिसकेका छन् । ‘कामा’ छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सह-निर्माता रहेको सिनेमाको कथा स्वर्गिय बिसारद बस्नेत तथा पटकथा तथा संवाद हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।