द सिनेमा टाइम्स, काठमाडौं । अनलाइनखबरमा कार्यरत चलचित्र पत्रकार विष्णु शर्मालाई प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश समितिले यसवर्षदेखि प्रदान गर्न थालेको श्यामसुन्दर पुडासैनी स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारितामा सक्रिय योगदान पुर्याएबापत शर्मालाई पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैयाँ र ताम्रपत्र रहेको थियो ।
प्रेस चौतारी नेपालको दोस्रो एसोसियट प्रदेश अधिवेशनमा नेपाल पत्रकार महासंघमा निर्वाचित प्रेस चौतारीका सदस्यलाई बधाई तथा सम्मान समेत गरिएको थियो । पूर्वपदाधिकारी तथा इन्चार्जहरू डीबी खड्का, ध्रुब लम्साल, रामेश्वर कार्की र सइन्द्र राईलाई सम्मान प्रदान गरिएको थियो । राससकर्मी शिक्षा पत्रकार प्रकाश सिलवाललाई प्रेस चौतारी विधागत राष्ट्रिय सम्मान प्रदान गरियो ।
बुधबार नै सम्पन्न प्रेस चौतारी नेपाल एसोसियट प्रदेश समितिको दोस्रो अधिवेशनबाट श्रीहरी थापाको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा रघुनाथ सापकोटा, महासचिवमा मनोज न्यौपाने, कोषाध्यक्षमा विक्रम सुनार, सचिवमा जमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ, दीपक सुनार निर्वाचित भएका छन् ।
प्रेस चौतारीको एसोसियट प्रदेश समिति सदस्यमा केशवराज थोकर, अशेष अधिकारी, पवन फुयाँल, विज्ञान लोहनी, नवराज भण्डारी, विगेन तुलाधर, राजेन्द्र प्रजापती, प्रविण किराँती, विन्दु अधिकारी, नविन गिरी, रुपक केसी, तेजनारायण महर्जन, सुप्रिया मुडभरी, बलराम बुढाथोकी, हर्कबहादुर श्रेष्ठ, कमल प्रसाईं, सुष्मा लामा, अमिशा रिसाल, पूर्णिमा शाक्य, आशिष पौडेल र प्रतिमा मुडभरी निर्वाचित भएका थिए ।


प्रतिक्रिया