द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुनको १४ गतेबाट प्रदर्शनमा आउने लागेको सिनेमा ‘मायावी’को भजन गीत ‘माता विन्धवासिनी’ सार्वजनिक गरिएको छ । एसडी योगीको स्वर र संगीत रहेको गीतमा राम अविरल बिष्टको शब्द रचना छ ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु पल शाह, दीपिका प्रसाईं, करिश्मा श्रेष्ठ, सुशिल सिटौला लगायत फिचर्ड छन् । कास्कीस्थित पोखराको विन्धवासिनी मन्दिरमा नै छायांकन गरिएको यो गीतलाई दर्शकले मन पराउने विश्वास गरिएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिंम्खडा, संगीता सिलवालको साथमा डेव्यु अभिनेता समीम खानको अभिनय रहेको छ ।
क्रियटिभ सिने आर्ट्सको व्यानरको प्रस्तुती तथा नेम महर्जनको लगानी अनि राजु विक्रम थापाको डीओपी रहेको सिनेमामा मिलन श्रेष्ठको सम्पादन छ । सिनेमामा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । सिनेमाको ट्रेलरलाई दर्शकले मन पराएका छन् । यसैले, पनि सिनेमाले बक्सअफिसमा सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ ।
सिनेमामा राजु पराजुली र सुमित वलीको सह-निर्माण, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।


प्रतिक्रिया