शुक्रबारबाट प्रदर्शनमा आयो जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’

शुक्रबारबाट प्रदर्शनमा आयो जुनिम गहतराज निर्देशित ‘ताण्डवम्’

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन ९ गते आज शुक्रबारबाट सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आएको छ । सेन्सर झमेलाका कारण बिहीबार ढिला मात्रै सिनेमा सेन्सर भएका कारण देशभरका सवै सिनेमा हलमा कन्टेन्ट पठाउन नसक्दा पहिलो दिन सिनेमाले सोचे अनुरुप पाउन नसकेको निर्देशक जुनिक गहतराजले बताए ।

आज शुक्रबार देशभरका सवै हलमा कन्टेन्ट पुग्ने र सवैले राम्रो शो दिने विश्वास निर्देशक गहतराजको छ । शुक्रबार सिनेमाको देशभरका थोरै मात्रै हलले शो निकालेका छन् । आज शुक्रबार सिनेमालाई दर्शकबाट मिल्ने प्रतिक्रियाले पनि सिनेमाको शो बढ्ने अपेक्षा निर्माण टिमको छ । सेन्सर बोडले सिनेमालाई पिजी सर्टिफिकेट दिएको छ । अब यो सिनेमा हेर्न १६ बर्ष मूनिका दर्शकले अभिभावक अनिवार्य साथ लैजानु पर्नेछ ।

सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।