युवा पुस्ताको वर्तमान र विगत स्मरण गराउने ‘होस्टेल ३’को ट्रेलर रिलिज

युवा पुस्ताको वर्तमान र विगत स्मरण गराउने ‘होस्टेल ३’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘होस्टेल ३’को ट्रेलर रिलिज भएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । युवा पुस्ताको वर्तमान र विगतलाई स्मरण गराउन सफल ट्रेलरले दर्शकलाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ ।

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रालिको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले सम्पादन गरेको ट्रेलरले जीवनका रमाइला क्षण मात्र होइन, त्यो बेलाका चुनौतीलाई पनि पर्दामा उतारेको छ ।

सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको जीवनका झलक देख्न सकिन्छ । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा रहेको सिनेमा आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ भिलेनको भूमिकामा देखिएका छन् ।

सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् । उनी दुई दशकदेखि संगीत तथा म्युजिक भिडियो निर्देशनमा सक्रिय छन् । माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।