फिन कनेक्स फाइनान्सियल अस्ट्रेलियाको ब्रान्ड एम्बेसडर बने ‘माग्ने बुढा’ र ‘चन्द्रमुखी’

फिन कनेक्स फाइनान्सियल अस्ट्रेलियाको ब्रान्ड एम्बेसडर बने ‘माग्ने बुढा’ र ‘चन्द्रमुखी’

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र सितादेबी तिमल्सेना (चन्द्रमुखी) अष्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड ऐम्बेसडर नियुक्त भएका छन । कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड ऐम्बेसडर नियुक्त गरेको हो ।

अष्ट्रेलियामा विगत ६ वर्षदेखी सेवा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख बिष्णु प्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा खुशी व्यक्त गरेका छन । होम लोन, बिजनेश लोन, कमर्सियल लोन, इन्भेटमेन्ट लोन, एसएमएसएफ लोन र डेभलपमेन्ट लगायतका लोन सम्बन्धि बिभिन्न सेवा दिँदै आइरहेको फिन कनेक्स फाइनानसियलले केन्द्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ ।

यसको अष्ट्रेलियाको मेलबर्न, एडिलेट र ब्रिसबेन लगायतका शहरमा समेत लोन सम्बन्धि काम गर्दै आइरहेको छ । नेपाली समुदायबीच फिन कनेक्स बिश्वासिलो र भरपर्दो संस्थाको रूपमा स्थापित छ । यो संस्था अष्ट्रेलियाका चालिस भन्दा बढी बैकहरूसंग आवद्ध छ । अष्ट्रेलियामा पिआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाई फिन कनेक्सले पुरा गर्दै आइरहेको छ । पछिल्लो पाँच वर्षको अवधिमा यो कम्पनीले पाँच सयभन्दा बढीलाई घर किन्नको लागि साथ दिइसकेको छ ।

अष्ट्रेलियामा नेपाली समुदाय बाक्लिदै गएको अबस्थामा आफूहरु नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे र सितादेबीले प्रशन्नता व्यक्त गरे । ‘फिन कनेक्ससँगै अष्ट्रेलिया रहनु हुने नेपालीहरूसँग जोडिन पाएकोमा हामी खुशी छौं । अष्ट्रेलियामा रहनु हुने नेपालीहरूलाई साथ र हात दिँदै आएको कम्पनीको हामी प्रगती र उन्नतीको कामना गर्दछौं,’ यी कलाकार दम्पतीको भनाई छ ।

यी कलाकार दम्पतीले अब कम्पनीको प्रचार प्रसारमा साथ दिने छन । उनीहरु चाँडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउने छन ।