द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते भोली बुधबारबाट महाशिवरात्रिको अवसर पारेर एकसाथ प्रदर्शनमा आउन लागेका तीन सिनेमा ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’को अग्रिम टिकट बुकिङ खुला भएको छ । मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलहरूले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन् ।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’लाई काठमाडौं उपत्यकामा २५ शो र मोफसलमा २८ शो गरि ५३ शो दिएको छ । यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा १३ शो, वान सिनेमाजले ८ शो, बिग मूभिजले ५ शो, एफक्युब सिनेमाजले ५ शो, बिएसआर मूभिजले ३ शो गरि देशभरका हलले करिब १५० शो उपलब्ध गराएका छन् ।
चर्चित टेलिसिरियल ‘सक्किगोनि’ टिमले बनाएको कुमार कट्टेल निर्देशित सिनेमा ‘लाज शरणम्’ लाई क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा ३० शो र मोफसलमा ३८ शो गरि ६८ शो दिएको छ । यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा १५ शो, वान सिनेमाजले ९ शो, बिग मूभिजले ५ शो, एफक्युब सिनेमाजले ५ शो, बिएसआर मूभिजले ४ शो गरि देशभरका हलले करिब १८० शो उपलब्ध गराएका छन् ।
यस्तै, दीवाकर भट्टराई निर्देशित सिनेमा ‘मायावी’लाई क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा २० शो र मोफसलमा २२ शो गरि ४२ शो दिएको छ । यो सिनेमालाई देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले आफ्ना ४ वटा आउटलेटमा १० शो, वान सिनेमाजले ६ शो, बिग मूभिजले ३ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले ३ शो गरि देशभरका हलले करिब ११० शो उपलब्ध गराएका छन् ।
सिनेमा ‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको सिनेमामा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, डेव्यु अभिनेता समिम खान, राजाराम पौडेल, लक्ष्मी गिरी, रवि डंगोल लगायतको अभिनय रहेको छ । क्रियटिभ सिने आर्टस् प्रालिको ब्यानरमा नेम महर्जनको लगानी रहेको ‘मायावी’मा राज कटुवाल, ध्रुव न्यौपाने र चन्द्र पन्त निर्मातामा छन् ।
चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको यो सिनेमामा सिताराम कट्टेल, अर्जुन घिमिरे, अर्पण थापा, विजय बराल, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, रेणु योगी, कमलमणि नेपाल, सृजना अधिकारी लगायतको पनि अभिनय छ । अर्जुन घिमिरे ‘पाँडे’ कार्यकारी निर्माता हुन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह-निर्माताको रहेका छन् ।


प्रतिक्रिया