‘आउटलः दफा २१९’ टिमले ल्यायो ‘न्याय’ शिर्षकमा र्याप प्रतियोगीता

‘आउटलः दफा २१९’ टिमले ल्यायो ‘न्याय’ शिर्षकमा र्याप प्रतियोगीता

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुनको २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’को यसअघि सार्वजनिक प्रचार सामाग्रीका कारण दर्शकमाझ प्रतिक्षित छ । यो सिनेमाको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए । सिनेमाको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ ।

यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ । स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो सिनेमाको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् ।

प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो सिनेमाको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ ।

फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ । यो सिनेमाले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको सिनेमाका निर्माता अमित अग्रहरिले जानकारी दिए । विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह-निर्माताको रुपमा छन् ।

यो सिनेमामा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ । सिनेमामा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्शन, नविन गुरुङको छायांकन छ ।