द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालिन ब्लकबस्ट सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशक सरोज पौडेलको सिनेमा ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । यो निर्देशक पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’पछि निर्देशन गर्न लागेको सिनेमा भएकाले पनि चर्चामा छ ।
बुधबार महाशिवरात्रिको अवसरमा निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा सिनेमाको मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सिनेमाको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए । करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ ।
सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, स्नेहा जोशी, सविन कट्टेल, विकास खनाल लगायत छन् । यो सिनेमाको मुख्य भूमिकामा सुरक्षा पन्त रहने छिन् । यो महिलाप्रधान सिनेमा रहेको बताइएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् । बाबु श्रेष्ठको डीओपी रहने सिनेमा सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । सिनेमामा संगीत रिदम कँडेल र आषिश अविरल अनि कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।



प्रतिक्रिया