द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘महाभोज’को छायांकन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायांकन गर्दै शुक्रवार साँझ सिनेमाको इन्डक्ल्याप गरिएको हो । इन्डक्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायांकन गरिएको थियो ।
यो सिनेमाको छायांकन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । सिनेमाको ३५ दिने छायांन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायांकन गरिएको निर्देशक राउतले बताए । निर्देशक राउतका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । सिनेमाले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन् ।
‘महाभोज’को छायांकन सकिएपनि प्रदर्शन मिति घोषणा गरिएको छैन् । सिनेमा रिलिजको लागि उपयुक्त मिति छनौट गरी चाँडै जानकारी दिने निर्देशक राउत बताउँछन् । सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमाको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, दिनेश बहादुर रावतको मुख्य सहायक निर्देशन रहेको सिनेमाका निर्माण नियन्त्रक मनोज जोशी र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् ।
साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको सिनेमालाई काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन् ।



प्रतिक्रिया