द सिनेमा टाइम्स, काठमाडौं । गत बुधबार महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको सिनेमा ‘फेरि रेशम फिलिली’को गीत ‘कैले घाममा कैले छायामा’मा सार्वजनिक गरिएको छ । दर्शकको उत्साहजन प्रतिक्रिया सहित प्रदर्शन भैरहेको सिनेमाले बक्सअफिसमा राम्रो व्यापार समेत गरिरहेको छ ।
शनिबार सार्वजनिक सिनेमाको यो गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रचना तथा सुगम पोखरेलको स्वर छ । सिनेमाको सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकारहरु विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, काजल कर्ण र प्रकाश दाहाल फिचर्ड छन् । यो गीतले सिनेमाको व्यापारमा सघाउने विश्वास निर्माण टिमको छ ।
सिनेमामा नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ । सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।


प्रतिक्रिया