सौगात र गीताञ्जली अभिनित ‘जार’को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक

सौगात र गीताञ्जली अभिनित ‘जार’को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को पहिलो गीत सार्वजनिक भएको छ । आगामी बैशाख २६ अर्थात् मे ९ लाई प्रदर्शन मिति घोषणा गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार ‘ए ठुली’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापा फिचर्ड छन् । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौं वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई सिनेमाले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।

गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत एरेञ्जको काम गंगा थापाले गरेका छन् । मिक्सिङ र मास्टरिङ विश्व शाहीको छ । सिनेमा ‘जार’को शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् ।

फूर्वा छिरिङ लामाको निर्देशनमा निर्माण भएको सिनेमाको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको सिनेमाको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिसँघ सम्झौता भऐको छ भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । सरवानन इलावार्सुको छायांकन रहेको सिनेमामा अखिलेश राईको सम्पादन छ ।