प्रशान्तको ‘जवाफ’ निर्माण घोषणा, कार्यकारी निर्मातामा सञ्चारकर्मी खड्का

प्रशान्तको ‘जवाफ’ निर्माण घोषणा, कार्यकारी निर्मातामा सञ्चारकर्मी खड्का

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको २०७९ सालमा प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’ निर्माता प्रशान्त गिरीले नयाँ प्रोजेक्टको घोषणा गरेका छन् । बुधबार एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस्ले ‘जवाफ’ नाममा सिनेमा निर्माणको घोषणा गरेको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा ‘सपना पुरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोबीचमा उभिएका एक पात्रको पृष्ठभुमिमा प्रहरी भ्यानसहित देखाइएको छ । पोस्टरले सिनेमाडार्क एक्सन थ्रीलर रहेको संकेत गर्छ । पोस्टरमा उल्लेख भएका पात्रको परिचय खुलाइएको छैन ।

यो सिनेमालाई साउथ इन्डियन निर्देशक करणले निर्देशन गर्ने छन् । सम्पूर्ण छायांकन भारतमा नै हुने बताइएको सिनेमाको ‘कास्ट एण्ड क्रू’बारे निर्माण टिमले केहि जानकारी गराएको छैन । सिनेमाको कार्याकारी निर्माताको रुपमा सञ्चारकर्मी सचित खड्का जोडिएका छन् । दशकलामो रंग पत्रकारिताको अनुभवलाई उनले सिनेमा निर्माणमा प्रयोग गर्ने बताएका छन् ।

यो सिनेमालाई २०८३ मा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।