द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते आज शुक्रबारबाट सशान कँडेल निर्देशित सिनेमा ‘होस्टेल ३’ प्रदर्शनमा आएको छ । यो सिनेमा देशभर मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म करिब २०० बढी शोसहित प्रदर्शनमा आएको हो ।
‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएकाले यो सिनेमाले पनि दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ । युवा पुस्ताका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । सिनेमामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ ।
माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।


प्रतिक्रिया